+
+

हार्ले डेभिड्सन चढेर ‘दान्भी’मा पूजाको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १६:५८

काठमाडौं । पहिलो एक्सन फिल्मको रुपमा एक्ट्रेस पूजा शर्मा यतिबेला ‘दान्भी’को छायांकनमा ब्यस्त छिन् । काठमाडौंका विभिन्न थलोमा यतिबेला यो फिल्मको एक्सन र गीतको छायांकन चलिरहेको छ ।

फिल्मको सुटिङलाई लिएर नयाँ खबर छ । निर्माताले छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्यलाई सार्वजनिक गरेका छन् जहाँ पूजा एक्सन अवतार र बाइकर गर्लको अवतारमा देखिएकी छन् । जसको जानकारी उनले सामाजिक संजालबाट समेत दिएकी छन् ।

हार्ले डेभिडसनमा चढेकी बाइकर गर्लको रुपमा उनी प्रस्तुत छिन् । यो दृश्य फिल्ममा पूजाको इन्ट्री दृश्य भएको जनाइएको छ । उनको यो दृश्य एक्सन र गीतमा पनि समावेश हुने उल्लेख छ ।

यो फोटो शेयर गर्दै पूजा लेख्छिन्- बूढो भएपनि तपाईं बाइक चलाउन छाड्नुहुन्न । जब बूढो हुनुहुन्छ, तब बाइक चलाउन छाड्नुहुन्छ ।’ सम्भवतः एन्ट्री दृश्यमा पूजाको यो डायलग समावेश भएको हुनसक्छ । पूजाको यो फोटोलाई फ्यानले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् ।

यो फिल्म जेठको १० गतेदेखि प्रदर्शनमा आउँदैछ । बुझिएअनुसार, फिल्ममा पूजाको इन्ट्री दृश्यको छायांकन हाल भइरहेको छ । इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो ।

केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा पूजा र डेब्यु अभिनेता कुन्साङ बोमजोम र कलाकार किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?