+
+

ट्यालेन्ट हन्ट कार्यक्रम गर्दै बास्केटबल संघ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २०:०८

१९ चैत, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । नेबाले सोमबार सूचना जारी गर्दै याे वर्ष एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको जनाएको हो ।

नेबाका अनुसार यो ११औं ट्यालेन्ट हन्ट कार्यक्रम हो । ट्यालेन्ट हन्ट वैशाख ६ गतेदेखि विभिन्न स्थानमा सुरू हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए । ‘हामीले स्कुलदेखि नै खेलाडी उत्पादन गर्ने योजनासहित ट्यालेन्ट हन्ट कार्यक्रम गर्दैछौं । यस पटक काठमाडौं उपत्यकासहित काभ्रेमा ट्यालेन्ट हन्ट कार्यक्रम गर्नेछौं ।’

गुरुङका अनुसार काठमाडौंको तीन र ललितपुरका दुई स्थानमा ट्यालेन्ट हन्ट कार्यक्रम हुनेछ । यस्तै भक्तपुर र काभ्रेको एक-एक स्थानमा कार्यक्रम हुनेछ ।

ट्यालेन्ट हन्टमा सहभागी हुन विद्यार्थीहरूले चैत २८ देखि वैशाख ४ गतेसम्म फर्म भर्नुपर्नेछ । फर्म त्रिपुरेश्वरस्थित नेबाको कार्यालयबाट लिन सकिनेछ ।

ट्यालेन्ट हन्ट कार्यक्रमपछि उत्कृष्ट खेलाडीहरूलाई स्कलरसिप प्रदान गरिने नेबाले जनाएको छ । नेबाका अध्यक्ष गुरुङका अनुसार ब्वाइज ६ र गर्ल्स ६ गरी कूल १२ खेलाडीलाई कक्षा ११ र १२ अध्यनका लागि स्कलरसिप प्रदान गरिने छ ।

बास्केटबलमा करियर बनाउन चाहने र यस खेलबाट राष्ट्रको प्रतिनिधित्व गर्न चाहने युवाहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागिएको नेबाले जनाएको छ ।

यस्तै नेबाले बास्केटबलको ग्रासरुट कार्यक्रम र मिनी बास्केटबलको कार्यक्रम पनि गर्ने तयारी गरिरहेको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?