+
+

पर्वतमा घरभित्रै मृत फेला परे दम्पती

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ११:५६

२० चैत, काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’

प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?