0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नक्कली सरकारी कार्यालय खोलेर ठगी, समातिए दम्पती

ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियामा नक्कली सरकारी कार्यालय खडा गरी ठगी गरेको आरोपमा प्रहरीले जेठ २० गते एक दम्पतीलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बर्दियाका २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती २३ वर्षीया कृपा चौधरी हुन् ।
  • उनीहरूले नक्कली सिँचाइ विभाग खोली स्थानीयलाई जागिर दिने बहानामा ठगी गरेको प्रहरीले जनाएको छ ।

२८ जेठ, काठमाडौं । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ ।

ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी छन् ।

उनीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहाको एक घरमा  ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सन्चालन गरेका थिए । त्यसको साइनबोर्ड, लेटरप्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिर वा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । त्यसको नामसँग मिल्ने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।

साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप समेत छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली सरकारी कार्यालय खोलेर स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न ज्यालादारी काममा लगाएको र ज्याला भुक्तानी नगरेको खुलेको थियो । त्यसपछि प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?