१२ कार्तिक, हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् र श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ ।
मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मोक्तानबीच झैझगडा तथा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उक्त घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4