+

मोइन अलीले भने : राहुल यादव नेपालको मलिङ्गा बन्न सक्छन्

२०८३ कात्तिक  १२ गते १८:०० २०८३ कात्तिक १२ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सका मोइन अलीले राहुल यादवको स्लिङ बलिङलाई नेपालको मलिङ्गासँग तुलना गर्दै भविष्य राम्रो रहेको भनेका छन् ।
  • राहुल यादवले ४ विकेट लिएर जनकपुरलाई पहिलो जित दिलाए र उनी प्लेयर अफ द म्याच घोषित भए ।
  • मोइनले बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा उक्त टिप्पणी गरेका हुन् ।

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् ।

बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् ।

‘उनले जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा (लसिथ) बन्न सक्छन्’ मोइनले भनेका हुन् ।

लसिथ मलिङ्गा श्रीलंकाका लेजेन्डरी पेस बलर हुन् जो स्लिङ्गा मलिङ्गा उपनामले परिचित छन् ।

राहुल यादवको ४ विकेट प्रदर्शनमा जनकपुरले पहिलो जित हासिल गरेको थियो भने उनी नै प्लेयर अफ द म्याच घोषित भए ।

एनपीएल मोइन अली राहुल यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय