१२ कात्तिक, काठमाडौं । सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4