+
+

कर्णालीमा प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १३:१२

२० चैत, सुर्खेत । कर्णाली प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ ।

सरकारकातर्फबाट विश्वासको मत लिने/नलिनेबारे प्रष्ट निर्णय नआएपछि बैठक केही समयका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री राजकुमार शर्माले यसअघि नै विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् । सोही कार्यसूची यथावत् रहेको र कति बेला लिने भन्ने विषयमा केही अन्यौलता भएकाले २ बजेसम्मका लागि बैठक सरेको सूचना अधिकारी गुरुङले बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । दिउँसो साढे १२ बजेसम्म पनि बस्न नसकेपछि २ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री शर्माले आज नै विश्वासको मत लिने नेताहरूको दाबी छ ।

आज दिउँसो तीन बजे विश्वासको मत लिने प्रयोजनका लागि संसद् बैठक बोलाइएको छ । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज चोथो पटक विश्वासको मत लिन लागेका थिए ।

यद्यपि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि मुख्यमन्त्री शर्माले राजीनामा दिएर एमालेलाई नेतृत्व हस्तान्तरण गर्न माओवादी नेताहरूले नै दबाब दिइरहेका छन् ।

केन्द्रको निर्णयप्रति माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि छन् । नेताहरूबीच छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?