+
+

गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण, ७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ७:३७

२१ चैत, काठमाडौं । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गरेको यो आक्रमणपछि वर्ल्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ ।

इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् ।

खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वर्ल्ड सेन्ट्रल किचनले जनाएको छ ।

बीबीसीका अनुसार उनीहरुमाथि इजरायली सेनाले हवाई आक्रमण गरेको थियो । वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरु तीनवटा गाडीमा थिए । ती तीनवटै गाडी हमलामा परेका थिए । बीबीसीले सार्वजनिक गरेको घटनास्थलको फोटोमा एउटा गाडीको छतमा ठूलो भ्वाङ परेको देखिन्छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनाको गल्तीले गाजामा निर्दोष व्यक्ति मारिएको जनाएका छन् । उनले युद्धको क्रममा कहिलेकाहीं यस्तो हुने भन्दै अब फेरि यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?