+
+

दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते २१:५६

२१ चैत, काठमाडौं ।  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २७३ रनको विशाल लक्ष्य दिएको छ ।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो । यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।

कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो ।

कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले । मिचेल मार्सको बाउन्सर बलमा एज लागेर विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट भएपछि नारायणले शतकको अवसर गुमाएका थिए ।

युवा ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रसेल अन्तिम ओभरको पहिलो बलमा ईशान्त शर्माको योर्करमा बोल्ड भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए ।

ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८(१८ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १(१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?