+

अल्जाइमरको औषधि खान छुटेमा के हुन्छ ?

२०८१ वैशाख  १८ गते १३:४१ २०८१ वैशाख १८ गते १३:४१
अल्जाइमरको औषधि खान छुटेमा के हुन्छ ?

अल्जाइमर भनेको एक प्रकारको डिमेन्सिया हो । सरल भाषामा अल्जाइमर्स एक प्रकारको बिर्सने वा भुल्ने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने काम गर्छ ।

मस्तिष्कमा हुने एमिलोइड नामक प्रोटिनका कारण न्युरोनहरु बन्द हुन पुग्छन् । जसकारण मस्तिष्कले राम्रोसँग सूचना प्रवाह गर्न सक्दैन । त्यसलाई अल्जाइमर भनिन्छ ।

अल्जाइमरको लक्षण

अल्जाइमरलाई माइल्ड, मोडेरेट र सिभिएर गरी तीन भागमा विभाजन गर्न सकिन्छ । माइल्ड अर्थात् सुरुवाती चरणमा बिर्सने लक्षण देखापर्छ । यसमा साथीको नाम बिर्सने र बिस्तारै अन्य कुराहरु पनि नियमित रुपमा बिर्सने र सम्झिन खोज्दा समय लाग्ने हुन्छ । केही कुरा सोध्दा त्यही प्रश्न उल्टै बारम्बार दोहोर्‍याउने र एउटै शब्द तीन-चार पटक दोहोर्‍याइरहने समस्या देखिन्छ ।

मोडेरेटमा घर र परिवारको सदस्यलाई नचिन्ने, के गर्दैछु, कहाँ जाँदैछु भन्ने कुरा पनि थाहा नहुने हुन्छ । हिंड्डुल गर्न नसक्ने, शारीरिक असन्तुलन हुने समस्या हुन्छ । साथै डिप्रेसन र साइकोसिस (मनोविकृति)को समस्या थपिन्छ । अल्जाइमर्स भएका व्यक्ति एक्लै बाहिर निस्किएमा घर फर्किन नसक्ने हुनसक्छ ।

सिभिएरमा डिप्रेसन, एन्जाइटी, हिंड्डुल गर्न नसक्ने, अहिले बोलेको वा खाएको कुरा बिर्सने, कसैलाई पनि नचिन्ने, एक्लै कतै जान नसक्ने र खानेकुरा, सरसमान केही पनि नचिन्ने हुन्छ ।

के छ औषधि उपचार ?

अल्जाइमर एउटा निको नहुने रोग हो र आजसम्म यसलाई निको पार्ने कुनै औषधि बनेको छैन । किनभने रोग पत्ता लाग्यो तर किन हुन्छ भन्ने कुरा आजसम्म स्पष्ट भएको छैन । त्यसैले अल्जाइमर्सको समस्या देखिएमा बिरामीको लक्षणअनुसार औषधि उपचार गर्ने गरिन्छ ।

जस्तै अल्जाइमरका बिरामीलाई हिंड्डुल गर्न समस्या छ भने हिंड्न सहज बनाइदिने औषधि दिइन्छ । यसले हिंड्डुलको समस्या कम गर्न मद्दत गर्छ । त्यस्तै बिरामीको मेमोरी (स्मरण शक्ति) कमजोर छ भने मेमोरी बढाउने औषधि दिन सकिन्छ । यसले बिरामीको मेमोरी बढाउन मद्दत गर्छ । डिप्रेसन र एन्जाइटीको समस्या देखिएमा त्यसको औषधि दिन सकिन्छ ।

त्यस्तै शरीर कडा भएर हिंड्डुल गर्न गाह्रो हुन्छ भने कडापन कम गर्ने औषधि प्रयोग गरिन्छ । यसले कडापन कम हुने र हिंड्डुल गर्न सहज बनाइदिन्छ । निद्रा नलाग्ने, उच्च रक्तचाप र मधुमेहको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्ने औषधि बिरामीलाई दिइन्छ ।

यसरी चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था अनुसार समस्या कम गर्ने औषधि प्रयोग गर्छन् । यी औषधि बिरामीले खान बिर्सने वा नखाएमा समस्या झन् बढ्दै जान सक्छ र मृत्युसमेत हुनसक्छ ।

जोखिम

अल्जाइमर विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा देखिन्छ । जतिजति उमेर बढ्दै गयो यो समस्यामा सामान्य भन्दा बढी नै बिर्सिने समस्या बढ्ने हुन्छ ।

व्यस्थापन गर्ने तरिका

सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अपनाउने जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्छ । नियमित व्यायाम, स्वस्थ खानेकुरा सेवन गर्ने र मस्तिष्कलाई सक्रिय बनाउनुपर्छ । मस्तिष्कलाई सक्रिय बनाउन लागि चेस खेल्ने, बाघचाल तथा मस्तिष्कलाई सक्रिय बनाउने खालको खेल खेल्न सकिन्छ ।

अल्जाइमरको बिरामीलाई मधुमेह, रक्तचाप जस्ता अन्य दीर्घरोग भएमा बढी ख्याल गर्नुपर्छ । ती रोगको औषधि नियमित खुवाउनुपर्छ ।

अल्जाइमरको लक्षण १०-१२ वर्षअघिदेखि नै देखिन्छ । त्यसैले बिर्सने समस्या छ र त्यसले दैनिक दिनचर्यामा नै बाधा पुर्‍याएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । यद्यपि अहिलेसम्म यो रोग निको पार्ने औषधि पत्ता लागेको छैन ।

अल्जाइमर्स डा. राजीव झा मस्तिष्क मानसिक रोग
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?