+

मुटुलाई किन चाहिन्छ चिल्लो पदार्थ ?

२०८१ जेठ  ४ गते १९:०३ २०८१ जेठ ४ गते १९:०३
मुटुलाई किन चाहिन्छ चिल्लो पदार्थ ?

शरीरको महत्वपूर्ण अंग मुटुको स्वास्थ्यमा ख्याल गर्नु अपरिहार्य छ । व्यायाम, स्वस्थ खानपान र तनावमुक्त रहेर मुटुलाई स्वस्थ राख्न सकिन्छ । मुटुका लागि अन्य पौष्टिक तत्वसँगै फ्याट अर्थात् बोसो पनि जरुरी हुन्छ ।

तर सबै फ्याट स्वास्थ्यवर्द्धक भने हुँदैन । स्याच्युरेटेड, अनस्याच्युरेटेड र ट्रान्स फ्याट गरी फ्याट तीन प्रकारका हुन्छन् । स्याच्युरेटेड फ्याट सामान्य तापक्रममा ठोस अवस्था हुन्छ । जनावरबाट प्राप्त हुने यो अस्वस्थ अर्थात् खराब फ्याटमा पर्छ । यसको अत्याधिक प्रयोगले रगतमा खराब कोलेस्टेरोल (एलडीएल) को मात्रा बढाउँछ । यसले मुटुसम्बन्धि समस्या स्ट्रोक वा हृदयघातजस्ता समस्या हुनसक्छ । तर यस्तो भन्दैमा खानै नहुने होइन । सन्तुलन मिलाएर थोरै मात्रामा खान सकिन्छ ।

ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्टेरोललाई बढाउनुका साथै राम्रो कोलेस्टोरोललाई पनि घटाउने काम गर्छ । त्यसैले यसको अत्याधिक सेवनले गरेमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्या देखा पर्छन् । वनस्पति र जनावरका स्रोत हुन्छन् ।

मुटु जोगाउने फ्याट

अनस्याच्युरेटेड फ्याटलाई स्वस्थकर फ्याट भनिन्छ । जुन प्रायः बिरुवा र त्यसबाट बनेका तेलमा पाइन्छ । सामान्य तापक्रममा यो फ्याट प्रायः तरल अवस्थामा पाइन्छ, जुन तेलको रूपमा हुन्छ । अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलेस्टेरोल (एचडीएल)लाई बढाएर खराब कोलेस्टोरोल (एलडीएल)लाई घटाउँछ । मोनो अनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट गरी यो दुई प्रकारको हुन्छ ।

मोनो अनस्याचुरेटेड फ्याटको स्रोत बिरुवा हुन् । जस्तै, ओलिभको तेल, एभोकाडो, फर्सी र सिसमका दानाबाट प्राप्त हुने तेल । विभिन्न अध्ययनले यो फ्याटले राम्रो कोलेस्टेरोल बनाउने र मुटुका लागि पनि राम्रो भएको देखाएका छन् । यो फ्याट भिटामिन ए, डी, ई र केलाई पचाउनका लागि पनि आवश्यक पर्छ । राम्रो फ्याटलाई नियन्त्रण गर्ने सन्तुलनमा राख्ने र खराब कोलेस्टोरोललाई बढ्न दिंदैन ।

पोलिअनस्याचुरेटेड फ्याट

यो बिरुवामा आधारित फ्याट हो । यसको मुख्य स्रोत तोरीको तेल, मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सकिन्छ । बदाम, फर्सीको बीउ, पिष्टा, ओखरको तेल पनि अनस्याचुरेटेड फ्याट अन्तर्गत गर्छ । यसले खराब कोलस्टेरोलको स्तरलाई कम गर्छ, जसका कारण मुटुसम्बन्धी रोग र स्ट्रोकको खतरा कम हुन्छ । यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ । बदाम, फर्सीको बीउ, पिष्टा, ओखरको तेल पनि अनस्याचुरेटेड फ्याटअन्तर्गत गर्छ ।

खराब कोलेस्टेरोलले धमनीमा बोसो जम्मा भएर रक्तसञ्चार अवरोध गर्ने काम गर्छ भने राम्रो कोलेस्टेरोलले रक्तसञ्चार राम्रो गराउने, रक्तचाप घटाउने र रगतमा फ्याटको मात्रा घटाउने गर्छ । साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

प्रा. डा. राजेन्द्र कोजु फ्याट बोसो मुटु
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय