+

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

२०८१ जेठ  ४ गते ७:०० २०८१ जेठ ४ गते ७:००
Shares
उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ । खान नहुने नखाई मुख बार्न सकिएन भने रोग निको पार्न समय लाग्नसक्छ वा रोग नै निको नहुन सक्छ । त्यसकारण उच्च रक्तचापको समस्या भएका बिरामीले खान सकिने १३ खानेकुरा उल्लेख छन् ।

केरा

केरामा पोटासियम हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिको लागि उपयोगी हुन्छ । यसलाई दिनको दुईवटासम्म खान सकिन्छ । पोटासियमले रगतमा सोडियमको मात्रा कम गर्ने र रक्तसञ्चारमा नियमित गराउन मद्दत गर्छ । यसलाई पकाएर होइन, प्राकृतिक रुपमा खानुपर्छ ।

तर उच्च रक्तचापसँगै मधुमेहको समस्या छ भने यसको सेवन गर्नु हुँदैन ।

स्याउ

स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरमा तौल नियन्त्रण गर्न मद्दत गर्छ । स्याउमा पाइने घुलनशील फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिने र खराब कोलेस्टोरोल घटाउँछ । रक्तसञ्चारलाई स्वस्थ बनाइराख्छ । किनभने उच्च रक्तचाप पनि शरीरमा तौल बढ्नाले वा तौल बढेका व्यक्तिलाई हुने गर्छ । दिनको दुईवटा स्याउ खान सकिन्छ । स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टिअक्सिडेन्टले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

किबी

दैनिक किबीको सेवनले पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । मेडिकल न्युज टुडेमा रक्तचापका लागि उपयोगी १८ खानेकुरामा दैनिक ब्रेकफास्ट खानुअघि दुईवटा किबी खाँदा ब्लड प्रेसर २.७ मिलिमिटर मर्करी (एमएमएचजी) कम भएको जनाएको छ । सात हप्ता दैनिक दुई किबी फ्रुट सेवन गर्दा शरीरमा मेटाबोलिक र रक्तचापको प्रभाव अनियमितता नियन्त्रण गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्न भिटामिन सी सप्लिमेन्ट खान दिइन्छ । किबीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।

खर्बुजा

खर्बुजामा सिटुलिन नामक एमिनो एसिड हुन्छ । यसले शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्छ । यसले रक्तनलीलाई आराम दिनुका साथै धमनीलाई लचिलो बनाउन सहयोग गर्छ । यसकारण रक्तसञ्चारलाई नियमित बनाएर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।

सन् २०२३ मा प्रोसिडिङ अफ द न्युट्रिसियन सोसाइटीले स्वस्थ वयस्कहरुलाई रक्तचापको असर हेर्न खर्बुजाको जुस खुवाएर त्यसको प्रभाव मापन गरेका थिए, जसमा खर्बुजाको रस सेवनले दुई घण्टामा सिस्टोलिक रक्तचाप कम गर्छ ।

सन् २०२१ सानो अध्ययनमा २७ जनामध्ये व्यायाम गर्नुअघि केहीलाई खर्बुजाको जुस र केहीलाई अन्य पेय पदार्थ सेवन गराएका थिए । खर्बुजाको  जुस पिउने महिलाहरुले व्यायामपछि रक्तचाप बढेको अनुभव गरेनन् भने पुरुषहरुले गरेका थिए ।

गोलभेडा

गोलभेंडामा लाइकोपिन नामक एन्टिअक्सिडेन्ट हुन्छ । सन् २०२१ मा गरेको एक अनुसन्धानमा गोलभेंडा उपभोग गर्दा उच्च रक्तचाप भएका वा नभएका व्यक्तिमा सिस्टोलिक रक्तचापलाई उल्लेखनीय रुपमा कम गर्न सक्छ । यद्यपि गोलभेंडालाई प्रयोग गर्दा समान परिणाम उत्पन्न भएन ।

Fresh red ripe tomatoes on the vine on a dark rustic cutting board

अनार

अनारमा एन्टिअक्सिडेन्ट र अन्य तत्व हुन्छन्, जसले उच्च रक्तचाप र एथेरोस्क्लेरोसिसलाई रोक्न मद्दत गर्छ । सन् २०१८ को एक परीक्षणले दैनिक अनारको जुस सेवन गर्ने मान्छेमा सिस्टोलिक र डायस्टोलिक रक्तचाप कम गर्नुका साथै मधुमेह पनि कम गर्न मद्दत गर्छ । रक्तचापको उच्च मापन हुँदा मुटु धड्किएसँगै धमनीहरुमा पर्ने चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ ।

धड्कनका बीचमा हुने कम चापलाई डाइअस्टोलिक रक्तचाप भनिन्छ । सन् २०१७  नेसनल लाइब्रेरी अफ मेडिसिनले आठजना व्यक्तिमा गरेको परीक्षणमा नियमित अनारको जुस सेवन गर्दा रक्तचाप कम गर्ने प्रमाण फेला पारेको छ ।

फर्मेन्टेड फुड

फर्मेन्टेड खाना जस्तै गुन्द्रुक, सिन्की, दहीमा प्रोबायोटिक्स प्रशस्त मात्रामा हुन्छ । यसले रक्तचाप व्यवस्थापन गर्न मद्दत गर्छ । सन् २०२० मा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरियामा ५० वर्ष वा सोभन्दा माथिका ११ हजार ५६६ वयस्कको डाटा विश्लेषण गरेका थिए । यसमा फर्मेन्टेड फुड सेवन गरेका महिलालाई उच्च रक्तचापको जोखिम कम थियो । उच्च रक्तचापको प्रो-बायोटिक्स सप्लिमेन्टको रुपमा दिइन्छ ।

लसुन

लसुनमा एन्टिबायोटिक र एन्टिफंगल भरपुर हुन्छ । अमेरिकाका सन् २०२० मा  नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार लसुनले हुने एलिसिन नामक तत्वले धमनीलाई कडा हुनबाट जोगाउने र गट माइक्रोबायोटा (मानव शरीरमा हुने सूक्ष्म जीवाणु) सुधार गरेर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । यही एलिसिन शरीरमा कोलेस्टेरोलको स्तरलाई कम गर्छ, जसले मुटुरोगको जोखिम कम हुन्छ । त्यसैले लसुनको उपयोगले एलडीएल अर्थात् नराम्रो कोलेस्टेरोललाई कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै ब्लड प्रेसर (रक्तचाप)को स्तरलाई ठीक राख्न सघाउँछ ।

माछा

नेपालमा पाइने रोहु माछा (ओयली फिस) ओमेगा थ्रीको राम्रो स्रोत हो । यसले उच्च रक्तचाप र हृदयरोगको जोखिम कम गर्न सक्छ । जनरल अफ तथा अमेरिकन आर्ट एसोसियनले सन् २०२२ मा गरेको अनुसन्धान अनुसार दैनिक तीन ग्राम ओमेगा थ्री फ्याटी एसिडको खानाले रक्तचाप कम गर्न मद्दत गर्छ । माछा हप्तामा दुई पटक खाँदा राम्रो हुन्छ ।

ओखर

दैनिक नियमित ओखरको सेवन गर्दा वृद्धवृद्धामा हुने सिस्टोलिक रक्तचाप र मानसिक समस्याका कारण हुने उच्च रक्तचाप कम गर्छ । ओखरमा ओमेगा थ्री भएका कारण शरीरमा कोलेस्टेरोलको स्तर कम मद्दत गर्छ । उच्च रक्तचापको मूल कारण तनाव भएकाले उच्च रक्तचापलाई नियन्त्रण गर्न यसको महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

सन् २०२२ क्रससेक्सन अध्ययनले उच्च रक्तचाप व्यवस्थापन गर्न दैनिक ५५ देखि १०० ग्राम सेवन गर्न सकिन्छ । यसले बालबालिकामा उच्च रक्तचापमा नियन्त्रण गर्न मद्दत गर्छ । पस्टा, बदाम समावेश गर्न सकिन्छ ।

कागती, सुन्तला तथा अंगुर खाने

उच्च रक्तचाप भएका व्यक्तिले डाइटचार्ट अनुसार कागती, सुन्तला तथा अंगुर (अमिलो) लगायत खाना खाने गर्नुपर्छ । यस्ता खानेकुरामा पोटासियम मात्र बढी हुन्छ यस्ता खानेकुराले उच्च रक्तचाप घटाउन मद्दत गर्छ । यस किसिमका फलफूल तथा खानामा भिटामिन, मिनरल्स तथा प्लान्ट कम्पाउन्ड तत्व रहेको हुन्छ । यसले मुटुलाई राम्रो बनाउँछ ।

हरियो सागसब्जी

हरियो सागसब्जी भरपुर मात्रामा फाइबर, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता पोषक तत्व पाइन्छ । यसले धमनीलाई सफा राख्न मद्दत गर्छ । उच्च रक्तचापबाट घटाउँछ । त्यस्तै हरियो सागपातमा पनि भिटामिन सी पाइन्छ । फलफूलको तुलनामा तरकारीमा भिटामिन सी कम मात्र हुन्छ । दिनको दुई–तीन पटक खानामा समावेश गर्दा तरकारीबाट पनि भिटामिन सी पर्याप्त प्राप्त हुन्छ ।

सकेसम्म हरियो सागसब्जी काँचै खाँदा राम्रो हुन्छ । किनकि यी भिटामिन पानीमा घोलिने हुनाले पखाल्दा, काट्दा धेरै नष्ट हुन्छ । बन्दा, काँक्रो, गाँजर, पालुंगो, रायोको साग, तोरीको साग खान सकिन्छ । त्यसमा कम फ्याट हुने भएको पनि उच्च रक्तचाप नियन्त्रणमा आउँछ । काँक्रो र गाँजरमा भिटामिन सीको अधिक मात्रामा पाइन्छ, जुन उच्च रक्तचापको बिरामीलाई सप्लिमेन्टको रुपमा दिने गरिन्छ ।

अनस्याचुरेट फ्याट

अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलेस्टेरोल (एचडीएल)लाई बढाएर खराब कोलेस्टेरोल (एलडीएल)लाई घटाउँछ । खराब कोलेस्टोरोलले धमनीमा बोसो जम्मा भएर रक्तसञ्चार अवरोध गर्ने काम गर्छ भने राम्रो कोलेस्टेरोलले रक्तसञ्चार राम्रो गराएर उच्च रक्तचाप घटाउँछ । तोरीको तेल, जैतुन, बदाम, सोयाबिन र सनफ्लावरको तेलको प्रयोग गर्न सकिन्छ ।

उच्च रक्तचाप भएकाले के खान हुँदैन ?

नुन, क्याफिन, मद्यपान र प्रशोधित खानेकुरा कम गर्नुपर्छ । दैनिक खानेकुरामा नुनको प्रयोग कम गर्नुपर्छ, किनभने यसले रक्तचाप बढाउन सक्छ । युनाइटेड स्टेड डिपार्टमेन्ट अफ एग्रिकल्चर यूएसडीएले १३ वर्षभन्दा माथिकालाई २.३ ग्राम नुनको सेवन गर्न सकिन्छ ।

क्याफिनको पनि केही फाइदा गर्छ । तर धेरै सेवनले गरेमा यसले पनि उच्च रक्तचाप गराउन सक्छ । सन् २०२२ मा जनरल अफ द अमेरिका हार्ट एसोसियन (एएचए)ले कफीको अत्याधिक सेवनले उच्च रक्तचाप भएका व्यक्तिमा हृदयघातका कारण मृत्यु हुने जोखिम बढेको पत्ता लगाएको थियो ।

नियमित रक्सी सेवन व्यक्तिमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । सन् २०२२ मा नेसनल लाइब्रेरी अफ मेडिसिनको अध्ययनले रक्सी कम खाने महिलामा पनि उच्च रक्तचाप निम्त्याउन सक्ने देखाएको छ ।

उच्च रक्तचाप खानेकुरा डा. अभिषेक ठाकुर
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?