+

यसकारण सम्झिंन सक्दैन मानिसले सबै कुरा

२०८० साउन  २१ गते १२:५७ २०८० साउन २१ गते १२:५७
Shares
यसकारण सम्झिंन सक्दैन मानिसले सबै कुरा

मानिसको स्मरण शक्ति पनि अचम्मकै हुन्छ । कति कुरा हामी लामो समयसम्म सम्झिरहन सक्छौं भने कतिपय कुरा क्षणभरमै बिर्सिन्छौं । यस्तो किन हुन्छ होला ?

मानिसको मस्तिष्कमा दुईवटा मेमोरी (स्मरण शक्ति) हुन्छ-  इमिडिएट (तत्काल) र रिमोर्ट । इमिडिएट मेमोरीमा दैनिक भएका क्रियाकलाप भण्डारण हुन्छन् भने रिमोर्टमा उहिले उहिलेका कुरा भण्डारण भएर बसेको हुन्छ । जुन उमेर बढ्दै जाँदा पनि कहिल्यै बिर्सिएको हुँदैन ।

त्यसैले कतिपय कुरा लामो समयसम्म बिर्सनु र कतिपय कुरा सम्झिन नसक्नुमा विभिन्न कारण हुन्छन् ।

तनाव

सम्झिने र बिर्सिने कुरामा तनावले मुख्य भूमिका खेल्छ । यदि कोही व्यक्ति तनावमा छ भने उसले अहिले र पहिलेको सबै कुरा बिर्सिने गर्छ । त्यतिबेला दिमागले राम्रोसँग काम गर्न सकेको हुँदैन । साथै एउटै ठाउँमा ध्यान एकत्रित नहुने र चिड्चिडापन पनि हुन्छ । त्यसले झन् दिमाग अल्मलिएको हुन्छ । कुन कुरा दिमागमा राख्ने र कुन कुरा नराख्न भनेर ? यस्तो बेला काम दिमागले कुनै पनि कुरा भण्डारण गर्न सकेको हुँदैन । त्यस्तै तनावका बेला अति नै महत्वपूर्ण कुरा भए पनि याद नहुने हुन्छ । यो तत्कालका लागि वा सधैंलाई पनि हुन सक्छ ।

दिमागले दिने महत्व

सबै कुरा सम्झिन नसक्नुमा दिमागले दिने महत्व पनि एक हो । यदि दिमागलाई कुनै कुरा महत्वपूर्ण लाग्छ भने त्यसले मेमोरीमा भण्डारण गर्छ । तर दिमागलाई महत्वपूर्ण नलागे त्यो जति नै बाहिरी समाजमा महत्वपूर्ण भए पनि मेमोरीमा भण्डारण हुन सक्दैन । हामीले कुन कुरा सम्झिने र कुन कुरा बिर्सने त्यो सबै दिमागमा भर पर्छ ।

त्यसैले मानिसलाई एकदम राम्रो र महत्वपूर्ण लागेका कुरा याद हुँदैन तर कामै नलाग्ने कुरा भने याद भइरहेको हुन्छ ।

भिटामिन बी१२ को कमी

शरीरमा भिटामिन बी-१२ को कमीले रातो रक्तकोषिकाको मात्रा कम हुन्छ । जसले मानिसको स्नायुप्रणाली अर्थात् सोच्ने शक्ति खराब हुँदै जान्छ । जसकारण मानिसमा अनेक मानसिक समस्याको जोखिम हुन्छ । जस्तै, हरसमय दोधारमा रहने, डिप्रेसनको सिकार हुने, ध्यानाकर्षण नहुने, कुनै पनि काममा ध्यान नजाने हुन्छ । भिटामिन बी-१२ को कमीले धेरैजसो सम्झिने शक्ति गुम्ने अर्थात मेमोरी लस हुने हुन्छ ।

बारम्बार दोहोरिने

कुनै कुरा जीवनमा बारम्बार दोहोरिरहने कुरा पनि मेमोरीमा भण्डारण हुँदैन । जस्तै, जहिले खाने खाना । यो एउटा दैनिकी हो यसलाई याद राख्नु जरुरी ठान्दैन दिमागले । तर यस्तै भन्दैमा बारम्बार दोहोरिने कुनै पनि कुरा याद नहुने होइन । जस्तै जन्मदिन, विवाहको वार्षिकोत्सव, चाडपर्व, परिवारसँग बिताएका पल याद जीवनभर याद भइरहेको हुन्छ । साथै जीवनमा बारम्बार घटेका अन्य क्रियाकलाप पनि याद हुन्छ । जुन सुख र दु:खका दुवै हुन सक्छन् ।

वातावरण

स्मरण शक्तिमा कहिलेकाहीं वातावरणले पनि फरक पार्छ । जस्तै कतै घुम्न जाँदा मन मिल्ने नभएमा पनि त्यसलाई बिर्सने हुन्छ । त्यस्तै कुनै महत्वपूर्ण छलफल भइरहेको ठाउँमा वरिपरि ध्वनि प्रदूषण र झैझगडाका कारण पनि त्यति बेलाको कुरा मेमोरीमा भण्डारण हुन नसक्ने हुन्छ । जसकारण त्यतिबेला कुरा याद हुँदैनन् तर कहिलेकाहीं तिनै प्रदूषण र झैझगडा कारणले नै केही कुरा मेमोरीमा भण्डारण हुन्छन् र जीवनभर याद हुन्छ ।

उमेर

उमेर बढ्दै जाँदा दिमागको शक्ति पनि कमजोर हुँदै जान्छ । यसले गर्दा सम्झिने शक्ति कम हुँदै जान्छ । यसलाई अल्जाइमर्स रोग भनिन्छ । प्राय: बुढेसकाल लागेपछि यस्तो हुने गर्छ । यसबेला अहिलेको कुरा बिर्सिने र पहिलाका कुरा सम्झिने वा याद हुन्छन् । किनकि पहिलाको कुरा मेमोरीमा भण्डारण भएका हुन्छन् । अहिलेको कुरा मेमोरीमा भण्डारण भएका हुँदैन । त्यसैले के खाएँ वा कहिले खाएँ भन्ने नै बिर्सने हुन्छन् ।

(न्युरोलोजिस्ट डा. भट्टराई काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. सुमन भट्टराई मस्तिष्क स्मरण शक्ति
डा. सुमन भट्टराई
लेखक
डा. सुमन भट्टराई
वरिष्ठ न्युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : ६९६९ एमडी (न्युरोलाजी) नेसनल न्युरो सेन्टर, बीएण्डबी अस्पताल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?