+

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

२०८२ कात्तिक  २१ गते १४:१३ २०८२ कात्तिक २१ गते १४:१३
Shares
नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सबैभन्दा बढी फिजियोथेरापी सेवा लिने–दिने गरिएका मुख्य पाँच स्वास्थ्य समस्या ढाड तथा गर्दन दुखाइ, घुँडा दुखाइ, पक्षघात, बालबालिकामा मस्तिष्क पक्षघात र कुमको जोर्नी दुखाइ हुन्।

फिजियोथेरापी आधुनिक चिकित्साको एक उपचार विधि हो । कुनै दुखाइको समस्या लिएर चिकित्सककहाँ जाँच गर्न जाँदा कतिपय अवस्थामा औषधिसँगै फिजियोथेरापीका लागि पनि सिफारिस गरिन्छ । नेपालमा विज्ञ फिजियोथेरापिस्टबाट  गुणस्तरीय सेवा प्रदान गर्ने थुप्रै स्वास्थ्य संस्था छन् ।

नेपालमा सबैभन्दा बढी फिजियोथेरापी सेवा लिने–दिने गरिएका मुख्य ५ स्वास्थ्य समस्या के हुन् त ?

१.ढाड तथा गर्दन दुखाइ ।

यसमा विशेषगरी कम्मर दुख्ने र घाँटी दुख्ने समस्या हुन्छ । जसले गर्दा खुट्टा वा हात झमझमाउने, दुख्ने, पोल्न र कमजोर हुने समस्या देखिन्छ । यसमा फिजियोथेरापिस्टले बिरामीको दुखाइ पहिचान गरी दुखाइ व्यवस्थापन गर्ने गरिन्छ ।

बिरामीलाई सु–सूचित गर्नेदेखि म्यानुअल थेरापी गर्ने गरी उपचार गरिन्छ । यसमा मांसपेशी बलियो बनाउने अभ्यास तथा ती भागको लचकताका लागि अभ्यास गरिन्छ।

२.घुँडा दुखाइ

विशेषगरी उमेर बढ्दै गएपछि अर्थात बुढ्यौली उमेरका व्यक्तिमा यो समस्या धेरै देखिन्छ । विशेष गरी घुँडा खिइने कारणले र अन्य कुनै चोटपटकको कारणले यो समस्या आउँछ । लिगामेन्ट इन्जुरी, मिनिस्कस इन्जुरी जस्ता कारणले पनि घुँडाको दुखाइ हुन सक्छ । यसमा फिजियोथेरापीको विशेष भूमिका हुन्छ । दुखाइ व्यवस्थापन, बिरामीलाई त्यसबारेको वास्तविक जानकारी दिने, यसको कार्यक्षमता बढाउने काम फिजियोथेरापी सेवाले गर्छ । घुँडा वरिपरिका मांसपेशीलाई बलियो बनाउने काम गरिन्छ ।

३.पक्षघातका कारण हुने समस्या

यो समस्यामा मस्तिष्कका रक्त नलीमा रगत नपुगेर शरीरको एक भाग नचल्ने र छोएको थाहा नहुने हुन्छ । यसमा पनि बिरामीलाई समस्याको बारेमा शिक्षा दिने, बिरामीको कार्यक्षमता बढाउने, सन्तुलन कायम गर्ने र विभिन्न मांसपेशीलाई बलियो बनाउने किसिमका थेरापी गराइन्छ ।

४.बालबालिका हुने मस्तिष्क पक्षघात

बालबालिका हुने मस्तिष्क पक्षघातलाई सेरेब्रल पाल्सी पनि भनिन्छ । फिजियोथेरापी सेवा धेरै आवश्यक पर्ने समस्यामा यो पनि पर्छ । बालबालिका गर्भमै रहेको अवस्थामा रक्तनलीहरू कमजोर भएर वा मस्तिष्कमा रगतको मात्रा कम भएर यस्ता किसिमका समस्याहरु आउछन् । यस्तो समस्या हुँदा समयअनुसार हुनुपर्ने विकास नहुने हुन्छ । यसमा फिजियोथेरापिस्टले समस्या पहिचान गरेर सेवा दिने गर्छन् ।

शरीरका भागहरू तन्काउने, मांसपेशी बलियो बनाउने, शरीरमा लचिलोपन वृद्धि गर्ने, खालका शारीरिक अभ्यास गराइन्छ । यसका साथै जोर्नीलाई खुकुला बनाउन मद्दत गर्ने किसिमका अभ्यास पनि गर्न लगाइन्छ ।  बालबालिकाको चालको नियन्त्रण गर्ने, सन्तुलन कामय गर्ने जस्ता कसरतहरू फिजियोथेरापिस्टले गराउँछन् ।

५.कुमको जोर्नी दुख्ने अथवा नचल्ने

यो समस्यालाई ‘फ्रोजन सोल्डर’ भन्ने गरिन्छ । विशेष गरी मधुमेहका बिरामीमा यो समस्या देखिन्छ । लामो समयदेखि मधुमेह रोग रहेका र कुममा चोट भएका व्यक्तिमा यो समस्या हुनसक्छ । यो समस्यामा हात माथि उठाउन गाह्रो हुने वा नसक्ने, राति धेरै दुख्ने हुन्छ ।

यस खालको समस्या हुँदा फिजियोथेरापिस्टले सुरुमा बिरामीलाई यो समस्याको बारेमा राम्रोसँग जानकारी दिने गर्छन् । कुमको जोर्नीको चाललाई सजिलो बनाउने, कुम वरिपरिका मांसपेशीहरुलाई बलियो बनाउने, लचिलो बनाउने कसरत गराइन्छ ।

सावधानी

फिजियोथेरापी सेवा लिँदै गर्दा आफूले प्रमााणमा आधारित सेवा पाइराखेको छ कि छैन भन्ने जानकारी सेवाग्राहीमा हुनु जरुरी छ । हरेक फिजियोथेरापिस्टले बिरामीको समस्या के हो ? कस्तो उपचार आवश्यक छ र यो समस्याले उसको कार्यक्षमताका कस्तो ह्रास आएको छ भन्ने बुझेर मात्रै उपचार थाल्नुपर्छ ।

फिजियोथेरापी
बिनय कँडेल
लेखक
बिनय कँडेल
सह-प्रमुख फिजियोथेरापिस्ट

बिनय कँडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल फिजियोथेरापी युनिटको प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?