+
+
Shares

काेशी प्रदेशमा दीर्घ रोग सम्बन्धी अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:५०

१९ कात्तिक, विराटनगर । काेशी प्रदेशकाे मोरङ र सुनसरी जिल्लामा दीर्घ रोगका विषयमा अध्ययन सुरु भएको छ ।

सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसनले मधुमेह, उच्च रक्तचाप र दम रोगको अध्ययन सुरु गरेको हो ।

‘बहु दीर्घरोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ नाम दिइएको अध्ययन पाँच वर्षसम्म चल्नेछ ।

यो अनुसन्धानका लागि मोरङ सुनसरीका ३० वटा स्वास्थ्य चौकी छनोट भएका छन् । साे क्षेत्रमा पाँच वर्षसम्म दीर्घ रोगीको दैनिक व्यवहारका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ ।

अध्यनका क्रममा ३० मध्ये १५ स्वास्थ्य चौकी मातहत रहेका तीन प्रकारका दीर्घ रोगीका लागि नियमित चेकजाँच, दैनिकी व्यावहारको अध्ययन गरी सामाजिक गतिविधिमा सक्रिय गराइनेछ । अध्यनका क्रममा अन्य दीर्घ राेगीलाई पनि जाेडिनेछ । अन्य १५ स्थानमा सामान्य अवस्थामा अध्ययन गरिनेछ ।

पाँच वर्षको नियमित अध्ययन पछि दुई क्षेत्रकाे फरककाे निष्कर्षका आधारमा प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने लक्ष्य रहेको विज्ञ डाक्टर उदयनारायण यादवले जानकारी दिए ।

अध्ययनले नीति निर्माणदेखि व्यवहारिक स्वास्थ्य सेवा सुधारसम्मको क्षेत्रमा सरकारलाई मार्ग निर्देश गर्ने उनले बताए ।

‘यस्तो प्रकृतिको अध्ययन आजसम्म भएको थिएन, हामी पाँच वर्षसम्म निरन्तर अध्ययन गरेर राज्यलाई रिपोर्ट बुझाउँछौं,’ उनले भने,‘ यो रिपोर्टले दीर्घ रोगको रोकथाम र उपचारका लागि राज्यलाई नीति निर्माणमा सहयोग गर्नेछ ।’

दीर्घ रोगीको अनुसन्धानमा स्वास्थ्य चौकीमा कार्यरत टोली परिचालन हुनेछ । यो टोलीले घरघर पुगेर स्वास्थ्य उपचारसँगै दैनिक व्यावहारको अध्ययन गर्नेछ ।

नेपाल सरकारका पूर्वस्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलले अध्ययनले नीति निर्माणसँगै व्यावहारिक स्वास्थ्य सेवा सुधारको क्षेत्रमा प्रमाणमा आधारित मार्ग निर्देशन प्रदान गर्ने बताए ।

नेपालमा बहुरोग व्यवस्थापनका चुनौती उच्च रहेका कारण अनुसन्धानले स्वास्थ्य प्रणाली सुधारका लागि वैज्ञानिक आधार तयार गर्ने उनकाे भनाइ छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अगुवाइमा हुने अनुसन्धानमा नेशनल हेल्थ एण्ड मेडिकल रिसर्च काउन्सिल र ग्लोबल एलाइन्स फर कोर्निक डिजिज,स्वास्थ्य मन्त्रालयले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?