+
+

हकप्रदमा नबिकेको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै रिडी पावर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते ९:१६

२२ चैत, काठमाडौं । रिडी पावरको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता साधारण सेयर लिलामी बिक्री हुने भएको छ ।

इच्छुक लगानीकर्ताले चैत २९ गतेदेखि आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ ।

क्यापिटलको प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, पोखरा, नारायणगढ, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने छ । बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १७८ रुपैयाँ छ । यसअघि कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरी बाँडफाँट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?