+
+

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १०:५७

२२ चैत, काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।

१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औं साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् ।

यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘यूएस ओपन च्याम्पियनसीपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलो पटक हो । थप हौसला मिलेको छ । २०औं एसियन गेममा खेल्न मद्दत पुग्छ,’ प्रशिक्षक श्रेष्ठले भने ।

जुलाईमा भुटानमा हुने ८औं साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ

उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौ फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?