+
+

‘करातेको उपलब्धि खेल क्षेत्रमा उदाहरणीय छ’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते २१:५२

३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले करातेको उपलब्धि नेपाली खेल क्षेत्रमै उदाहरणीय भएको बताएका छन् ।

शुक्रवारदेखि मधेस प्रदेशस्थित निजगढमा भएको साधारण सभाको शनिवार उद्घाटन गर्दै सदस्य सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका हुन् ।

साथै उनले एक वर्षअघि लामो समयदेखि विवादित रहेको करातेलाई एकीकृत बनाउन आफूले निर्वाह गरेको भूमिका खेलक्षेत्रको चलायमन रहेको खेल करातेप्रति न्याय गरेको बताउँदै त्यसको नतिजास्वरुप १९ ओै एशियन गेम्समा करातेले रजत पदक हाशिल गरेको बताए ।

चीनको हान्जाउमा भएको १९औं एसियाडमा करातेमा एरिका गुरुङले नेपालका रागि ऐतिहासिक रजत पदक जितेका थिए । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका थिए तर पदक सम्म पुग्न सकेनन् ।

नेपाल कराते महासंघले आफ्नो वार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सम्पन्न गरेको छ ।

नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि,पर्यबेक्षक लगायत करिव १ सय जना सहभागी भएको उक्त साधारण सभामा,नेपाल कराते महासंघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट अनुमोदन गरेको छ ।

महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत्र सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरि महासंघको आर्थिक वर्ष ०८०-०८१ को आय–ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक विवरणहरु कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।

साधारण सभामा मधेस प्रदेश सांसद माननीय मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य– सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

मधेस प्रदेश सांसद मीना लामाले साधारणसभाको भव्य सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । त्यसैगरि वागमती प्रदेश सदस्य सचिव सुर्यलाल भण्डारीले कराते खेल संग बिगत एक बर्षदेखि केही कार्यक्रम र प्रतियोगिताहरुमा साझेदारी गर्दै आईरहेको र आगामी दिनमा उक्त कार्यको निरन्तरता दिईरहने बताए ।

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताए । अध्यक्ष लामाले ‘मिशन सिक्स के’ सम्बन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?