+
+

मिसेस भोग नेपालको उपाधि पूजा पाख्रिनलाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १२:२०

काठमाडौं । हाउस अफ फेसनद्वारा आयोजित ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जितेकी छन् । बुधबार राति आयोजित फिनालेमा ११ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज चुमिन् ।

ललितपुर हात्तीवनकी ३२ वर्षीया पाख्रिनले उपाधिसहित नगद पाँच लाख रुपैयाँ बराबरको उपहार प्राप्त गरेकी छन् । उनले मोस्ट स्टाइलिस्ट र मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।

विभा बस्नेतले कमर्सियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाइस अवार्डका साथै मोस्ट पपुलर च्वाइस अवार्ड समेत जित्न सफल भइन् । आकृति श्रेष्ठले फस्ट रनरअपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् ।

मनिला लामिछानेले सेकेण्ड रनरअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको उत्कृष्ट सातमा पाख्रिनसहित मनिला लामिछाने, विकिता सुवेदी, आकृति श्रेष्ठ, यादिना रजक, विभा बस्नेत र मेरिशा सुवाल पुगेका थिए ।

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मीना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्युटी विद द पर्पस, विकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए ।

आयोजक संस्थाकी प्रमुख ओसिमा बानुले प्रतिस्पर्धीलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेता छनोट गरिएको जानकारी गराइन् । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । भ्युअर्स च्वाइस अवार्डका लागि खल्ती एपबाट भोटिङ गरिएको थियो ।

प्रतियोगितामा १२ जना विवाहित महिलाले सहभागिता जनाएका थिए । हाउस अफ फेसनले यो समारोहलाई भव्यता, शैली तथा महिला सशक्तीकरणलाई उत्सवको रुपमा मनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?