+
+

नेपालले फ्रेन्डसिप कपको फाइनल गुजरातसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १९:४०

२२ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिताकाे फाइनलमा गुजरातसँग खेल्ने भएको छ । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ ।

बिहीबार गुजरातले बरोडालाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । तर सुरुवाती तीन खेलमा जितेर नेपाल फाइनलमा पुगिसकेको छ ।

नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर साथ दोस्रो स्थानमा छ । बरोडा भने ३ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रो खेलमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीको लागि भारत भ्रमणमा छ ।

प्रिमियर कपमा नेपालको समूह ए मा मलेसिया, हङकङ, कतार र साउदी अरेबिया छन् । अर्को समूहमा ओमान, युएई, बहराइन, कम्बोडिया र कुवेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?