+
+

सुनसरीका ५ पालिकामा कर्फ्यू, राजमार्गमा सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १६:३४

२३ चैत, विराटनगर । दुई समूहबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले बताए ।

उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा  अनिश्चितकालका लागि कर्फ्यू  आदेश जारी गरिएको हो ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ ।  राजमार्गमा लामाे दूरीका सवारी साधनलाई  निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको  झडपले उग्ररूप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दाेलनकारी घाइते भएका छन् । जसमध्ये २ जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ । झडपमा १८ जना प्रहरी सामान्य घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडपस्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि  कर्फ्यू  आदेश जारी गर्दै  सुरक्षा सतर्कता बढाएको छ ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?