+
+

‘मनसरा’को अमेरिका, अष्ट्रेलिया र मध्यपूर्वको राइट सेभेन सिजले किन्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १९:०४

काठमाडौं । ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को अष्ट्रेलिया र मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ । यी दुबै डायस्पोराका लागि सेभेन सिजले अधिकार किनेको हो ।

ती दुई टेरिटोरीसँगै सेभेन सिजले यो फिल्मलाई अमेरिकामा पनि वितरण गर्नेछ । निर्माता र वितरण कम्पनीबीच शनिबार वितरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पत्रमा फिल्मको तर्फबाट निर्देशक सुब्बा र निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्कीले हस्ताक्षर गरेका छन् । सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले हस्ताक्षर गरेका छन् । यो फिल्म बैशाख २१ गतेदेखि प्रदर्शन तयारीमा छ ।

फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र दयाहाङ राईको अभिनय छ । फस्टलुक टिजर सार्वजनिक भएदेखि नै यो फिल्मले चर्चा पाउन थालेको छ । उक्त चर्चाले फिल्मको देश तथा अन्तर्राष्ट्रिय वितरणमा लाभ मिल्ने आशा निर्माताले लिएका छन् ।

फिल्मले अन्तरजातिय र विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा प्रवीण र मिरुना छन् । अघिल्लो फिल्म ‘जारी’मा पनि निर्देशक सुब्बाले समुदायको कथालाई उठाएका थिए ।

यो फिल्मबाट छायांकार समेत रहेका कार्कीले निर्माणमा हात हालेका छन् । विष्णकुमार लिम्बु मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सहनिर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?