+
+

उपेन्द्र सुब्बाले जब धानको बालीमा फिल्म ‘मनसरा’को कथा देखे

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:३४
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘मनसरा’को टीम ।

पोखरा । फिल्म ‘मनसरा’ समाजको मिश्रित कथा भएको निर्देशक उपेन्द्र सुब्बाले बताएका छन् । यसबारे जानकारी दिन चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सुब्बाले उक्त कुरा बताएका हुन् ।

समाजमा भएका घटनालाई आधार बनाएर फिल्म निर्देशन गरेको उनले बताए । उनले भने, ‘मनसरा मिश्रित समाजको कथा हो । फिल्मका हरेक पात्रमा दर्शकले आफूलाई पाउनेछन् ।’

सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि फिल्ममार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । ‘सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो’ उनले भने ।

निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पूर्वतिर पाइने र डाँट कडा हुने प्रजातिको धानको बालीलाई विम्व बनाएर कथा लेखिएको उनले बताए । वरपर अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसँग जोड्ने प्रयास आफूले गरेको उनले बताए ।

मनसरा धानको विशेषता मन परेर नै फिल्मको कथा लेखिएको उनको भनाई छ । उपन्यास लेखनभन्दा सजिलो फिल्म लेखन भएको उनले उल्लेख गरे ।

अभिनेता प्रविण खतिवडाले ‘मनसरा’ सोसल-ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा फिल्म निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने फिल्म बनेको उनको भनाई छ । उनले फिल्ममा साधारण कृषकको चरित्र निर्वाह गरेका छन् ।

अभिनेतृ मिरुना मगरले मनसरा समाजको वास्तविक कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको मायास्वरुप मनसराको आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा आफू आशावादी रहेको बताइन् ।

अभिनेतृ मेनुका प्रधान पनि फिल्मलाई लिएर आशावादी सुनिइन् । फिल्ममा आफ्नो भूमिकालाक्ई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले फिल्म हेर्न हलसम्मपुग्न दर्शकलाई उनको आग्रह छ ।

कार्यकारी निर्माता सिजन दाहालले छायांकन ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका बासिन्दा भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समयदेखि नै स्क्रिप्टको तयारी भएको र अहिले आएर निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे ।

यो फिल्म बैशाख २१ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?