+
+

थाइल्याण्डसँग जोडिएको म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते ७:२०

२५ चैत, काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ ।

पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ ।

केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए । अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् ।

थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ । यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको बीबीसीले जनाएको छ ।

ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार क्यारन नेशनल युनियन सामु सेनाको एक बटालियनलाई आत्मसर्पण गरेको छ ।

क्यारन विद्रोहीहरु म्यावड्डी शहरमा तैनाथ एक बटालियन सेनाको नेतृत्वसँग वार्तामा बसेका थिए । त्यो वार्तापछि सेनाको टोली आत्मसर्पणका लागि तयार भएको बीबीसीले जनाएको छ ।

क्यारन विद्रोही संगठनले आफ्ना उत्साहित लडाकुहरुको भिडियो पोष्ट समेत गरेको छ । उक्त भिडियोमा विद्रोही लडाकुहरु सेनाबाट कब्जा गरिएका हतियारहरु प्रदर्शन गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?