+
+

काठमाडौंमा ‘रामायण’ सिरियलकी सीताले भनिन्- श्रीरामको आदर्शबाट धेरै कुरा सिक्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते ११:२९

काठमाडौँ । रामानन्द सागर निर्देशित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेर चर्चामा आएकी अभिनेत्री दीपिका चिखलियाले रामायणको कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छन् ।

एक सामाजिक संस्थाको कार्यक्रममा सहभागि हुन यतिबेला काठमाडौंमा रहेकी उनले असल मार्गमा लाग्न रामायणले सबैलाई प्रेरणा दिने बताइन् ।

शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भगवान राम एक असल पुत्र, भाई र श्रीमान रहेको समेत बताइन् ।

उनी भन्छिन्- रामायणबाट धेरै कुरा सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’

रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उनले बताइन् । ‘भगवान् रामको १४ वर्षे वनवास हुँदै रानी सीतालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा कथा घुमेको छ’ उनले भनिन् ।

नेपालमा समेत अभिनेत्री चिखलियाका धेरै फ्यान छन् । शुक्रबार नेपाल आइपुगेकी उनी आइतबार भारत फर्कंदैछिन् । आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर उनले पूजाआजा गरेकी छन् ।

भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखलियाले टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?