+
+

डा. उद्धव राईको यात्रा संस्मरण ‘भोयाज जिन्दगी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १८:३३

काठमाडौं । डा. उद्धव राईको यात्रा संस्मरण ‘भोयाज जिन्दगी’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा राईकी नातिनी स्मिकाले पुस्तक विमोचन गरिन् ।

कार्यक्रममा बोल्दै लेखक राईले आफूले भोगेको, देखेको र जानेको कुरा बाँड्न किताब लेखेको बताए । त्रिभुवन विश्वविद्यालयको मानव तथा समाजशास्त्र केन्द्रीय विभागमा २० वर्ष अध्यापन गरेका राईले विभिन्न संस्थामा रहेर काम गर्दा देश तथा वैदेशिक यात्रा गर्दाको अनुभव पुस्तकमा समेटिएको बताए ।

‘आफूले भोगेको, देखेको र जानेको कुरा बाँड्न र यसले केही संवाद हुन्छ कि भनेर लेखेको हो,’ उनले भने ।

कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्री विमला राई पौड्यालले उद्धव राईसँग नेपाली समाजको अध्ययन गर्न सहयोगी धेरै सामग्री रहेकाले त्यसलाई पुन: अन्य पुस्तकको रुपमा ल्याउन आग्रह गरिन् ।

पुस्तकमा भोजपुरको छिनामखुदेखि अफ्रिकालगायत विभिन्न ठाँउको रहनसहन, संस्कृतिको विषयमा लेखिएको साहित्यकार जय छाङ्छाले बताए ।

कार्यक्रम छिनामखु सरोकार समाजले आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?