+
+

टुँडिखेलमा घोडेजात्राको रौनक (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० चैत २६ गते १८:१४

२६ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ । सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो ।

त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । समारोहमा डग शो अन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो ।

टुँडिखेलभित्र सैनिकहरुले घोडामार्फत विभिन्न देखाइरहेको कला सर्वसाधारणले भने टुँडिखेलबाहिरबाट हेरिरहेका थिए । सर्वसाधारणले टुँडिखेलको बार बाहिर भीड लागेर घोडचढी कला हेरिरहेको थियो ।

कोही आकाशेपुल र कोही रुखमा चढेर पनि हेरिरहेका थिए । सर्वसाधारणलाई टुँडिखेल प्रवेशको सहज व्यवस्था नभएका कारण बार बाहिर भीड लागेर हेर्नुपर्ने बाध्यता छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?