+
+

डढेलो निभाउँदा घाइते भएका सैनिकलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १७:५९
फाइल तस्वीर ।

२० चैत, काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका दुई सैनिकलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ ।

डोल्पाको दुनैस्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रारम्भिक स्वास्थ्य उपचार गरेर सैनिक हेलिकप्टरमार्फत उनीहरूलाई नेपालगञ्ज पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

उनका अनुसार देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरिएको हो । घाइते जमदार केशरबहादुर जागा मगर र सिपाही हेमन्त रावललाई पनि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रजिअ दाहालले बताए ।

उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।

‘हिजोदेखि डढेलो नियन्त्रणमा आएको थियो । त्यही बीचमा केही ठुटाहरु थिए, हावा लाग्दा समस्या होला कि भनेर सेनाको टोली गएको थियो’, दाहालले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा विपरीत दिशाबाट हावा बेस्सरी चल्दा फेरि आगो लागेको प्रारम्भिक अनुमान छ ।’

तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन नसकेको प्रजिअ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?