+
+

ललितपुरमा मानसिक स्वास्थ्य सचेतना तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १७:१९

काठमाडौं । मानसिक स्वास्थ्य सचेतनाका लागि ललितपुर महानगरपालिका–९ भोलढोकामा तीन दिने तालिम कार्यक्रम भएको छ । स्वस्थ समाजका लागि स्वस्थ्य मानसिक स्वास्थ्य चुस्त दुरुस्त रहनु अपरिहार्य रहेको भन्दै आकार मेन्टल हेल्थ काउन्सेलिङसँगको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर ९को कार्यालयले कार्यक्रम गरेको हो ।

वडाले महिला कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तीन दिने मानसिक सचेतना तालिम दिएको हो । स्वस्थ समाजका निर्माणका लागि मानसिक स्वास्थ्यका विषयहरुलाई महत्वका साथ उठान गर्नुपर्ने भन्दै कार्यक्रम गरिएको हो ।

कर्मचारी र स्वयमसेविकाले यस्तो सचेतना पाउँदा सेवा प्रवाह पनि चुस्त हुने र क्रमैसँगै समाजमा यस्तो पक्षको सकारात्मक प्रभावहरु पर्ने वडाकी महिला सदस्य सानु महर्जन अवालेले बताइन् । ‘सबैले आफ्नो मानसिक स्वस्थ्यको ख्याल गर्छ,’ कार्यक्रममा बोल्दै उनले भनिन्,‘ मानसिक स्वास्थ्य सचेतनालाई उच्च प्राथमिकतामा राख्नुपर्छ, वडाले त्यसका लागि काम गर्छ ।’


महिलाहरूले समाजमा प्राथमिक हेरचाहकर्ताको रूपमा भूमिका निभाउने गरेको र उनीहरुले परिवार र समुदायको कल्याणमा महत्वपूर्ण काम गर्नुपरेकाले मानसिक स्वासथ्य समस्याबारे महिलाहरुलाई नै बढी सचेत गराउनु आवश्यक रहेको अवालेले औंल्याइन् । ‘महिला स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्तालाई शिक्षित गर्दा परिवार र समाजसम्म सचेतना विस्तार हुन्छ,’ उनले भनिन्,‘प्रशिक्षण कार्यक्रमले हाम्रो समुदायभित्र मानसिक स्वास्थ्य समस्याहरू कम गर्ने लक्ष्य राखेको छ ।’ समाजमा सक्रिय रूपमा काम गरिररहेकाहरु सचेत भए सहयोग आवश्यक पर्नेहरूलाई उपयुक्त सेवा र परामर्श दिन सहयोग पुग्ने अवालेको तर्क छ ।

यस्ता कार्यक्रमले समुदायभित्र देखिने गम्भीर मानसिक रोग वा आत्महत्या लगायतका दुष्प्रभावको जोखिम घटाउन सकिने आयोजकको दाबी छ । समाजको अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई यसबारे सचेत गराउँदा त्यसले क्रमैसँग समुदायभित्र पनि सचतना जाग्दै जाने वडा कार्यालयको विश्वास छ ।

कार्यक्रममा मानसिक स्वास्थ्यसम्बद्ध समस्याको पहिचान गर्दै त्यसले दैनिक जीवनमा पार्ने नकारात्मक प्रभावसहित तनाव व्यवस्थापनको व्यवस्थापनबारे जानकारी दिइएको थियो । यस्तै संकटको बोध, सञ्चार तथा प्रविधि र मनोवैज्ञानिक प्राथमिक उपचारबारे पनि प्रशिक्षित गराइएको थियो ।

कार्यक्रममा पूर्व वातावरणमन्त्री सुनिलकुमार मानन्धरले तनावले मानसिक स्वास्थ्यमा मात्र नभई शरीरमा देखिने गरी अन्य नकारात्मक स्वास्थ्य प्रभावहरू समेत पार्ने बताए । ग्यास्ट्रोइंटेस्टाइनलसहित श्वासप्रश्वास तथा शारीरिक दुखाइसम्बद्ध विभिन्न स्वास्थ्य समस्या समेत निम्ताउने गरेको उनले बताए ।

‘हाम्रो ध्यान प्रायजसो मूल कारणहरू पहिचान गरेर उपचार गर्नुको सट्टा लक्षणहरूमा आधारित उपचार गर्नेमा हुन्छ,’ उनले भने,‘यो दृष्टिकोणले औषधिमा निर्भरता बढाउँछ र थप स्वास्थ्य समस्याहरू जन्मिने जोखिम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?