+
+

भृकुटीमण्डमा राप्रपाको शान्तिपूर्ण प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १८:४७

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार हुने प्रदर्शनको पुर्वसन्ध्यामा भृकुटीमण्डमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

राप्रपाका कार्यकर्ताहरूले शंख बजाउँदै,  विभिन्‍न पर्चा, पम्प्लेट, कार्टुनसहित उभिएर शान्तिपूर्णमा रुपमा प्रदर्शन गरेको हन् । उनीहरूले कार्टुनमार्फन गणतन्त्रका नेताहरू, भ्रष्टाचारका विभिन्‍न काण्डहरूको कार्टुन बोकेर प्रदर्शन गरेका छन् ।

यसअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष लिङ्देनले नयाँ सम्झौतामा जान सरकार र दलहरुलाई दबाब दिनु प्रदर्शनको उद्देश्य भएको बताएका थिए ।

उनका अनुसार मंगलबार हुने प्रदर्शन शान्तिपूर्ण हुने तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

४० बुँदे माग अगाडि सारेको राप्रपाले पर्सि २७ गते काठमाडौमा प्रदर्शन राखेको छ ।

भोलिको प्रदर्शनमा साथ दिन राप्रपा बाहेकका दलका नेता कार्यकर्तालाई समेत आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?