+
+

संसद् बैठक रोकेर छलफलमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १४:०९

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि बैठक स्थगित भएको थियो ।

बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

१५ मिनेटका लागि स्थगित गरिएको भनिए पनि १ घण्टा पुग्दा समेत बैठक सुरू हुन सकेको छैन ।  गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट कांग्रेस पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?