+
+

नेपाली नाट्यकर्मीलाई माइकल चेकव पद्धतिमा अभिनय कार्यशाला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:४६

काठमाडौं । माइकल चेकव पद्धतिमा कार्यशाला सम्पन्न भएको छ । यो कार्यशाला रंगकर्मी र प्रशिक्षकलाई लक्षित गरिएको थियो । कार्यशालामा कौसी थिएटर, मण्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रंगकर्मी सहभागी थिए ।

यसपटक रुसी सांस्कृतिक केन्द्रमा कार्यशाला आयोजना भएको थियो । चैत १७ गतेदेखि २७ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, भ्याली भ्यु स्कुल र स्कुल थिएटर नेपाल पनि जोडिएका थिए ।

कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिका लगायतबाट २५ जना रंगकर्मीहरु सहभागी भएको थियो । कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु थियो ।

अनुभवी नाट्य प्रशिक्षक योर्ग आन्द्रेस कार्यशालामा आएका थिए । उनी माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्  । एकेडेमी अफ बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन् ।

विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिंदै हिंड्छन्  । नेपाल आउनुअघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।

नेपालमा धेरै नाट्य घर रहेपनि अभिनय कला सिकाउने विशेष पद्धति छैन । स्तानिस्लास्की नेपालमा चर्चित छन् । स्तानिस्लास्कीका उत्कृष्ट विद्यार्थी थिए माइकल चेकव । चेकव र स्तानिस्लास्की दुवैको शैली भिन्न छ । चेकव प्रसिद्ध रुसी लेखक आन्तोन चेकवका भतिजा हुन् ।

नेपालमा पछिल्लो समय केही फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । जब माइकल चेकवले आफ्नै पद्धतिको विकास गरे । उनी रुसबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले । पश्चिमी समाजमा चेकवको पद्धति चर्चित छ ।

यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको निर्देशक टंक चौलागाईंले बताए । गत वर्ष यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी अभिनेत्री, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?