+
+

कर्णाली हाफ म्याराथन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १८:४१

२७ चैत, काठमाडौं । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन हुने भएको छ ।

रेस नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै कर्णाली हाफ म्यारथन नयाँ वर्ष २०८१ को पहिलो महिना आयोजना गर्ने जानकारी दिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी वैशाख २९ गते शनिबार हाफ म्याराथन हुने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने हेतुले हाफ म्याराथन गर्न लागिएको रेस नेपालका अध्यक्ष टिएस ठकुरीले जनाएका छन् ।

कर्णाली हाफ म्याराथनमा २१.०९७५ किमी पुरुष तथा महिला, ५ किलोमिटर स्कुलस्तरीय छात्र एवं छात्रा दौड, ५ किलोमिटर ह्वीलचेयर, ५ किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ । म्याराथनका क्रममा खेलकुदसँग शिक्षा, स्वास्थ्य र पर्यटनको सम्बन्धका विषयमा बहस छलफल समेत गरिने छ ।

विगत ९ वर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियानअन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको हो ।

धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पूर्व सन्ध्यामा दौडसम्बन्धी विविध नयाँ सोच र कार्यक्रम तयारी गरेको र  आफ्नो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन हुन लागेको आयोजकले जनाएको छ ।

यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि रेस नेपालले तयारी गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजी क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?