+
+

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १९:१२

२७ चैत, काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् ।

यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पद पदपूर्ति गर्न १४ फागुन र ७ चैतमा सूचना प्रकाशित गरेको थियो ।

सूचना अनुसार रितपूर्वक दरखास्त पेस गरी तोकिए बमोजिमको परीक्षामा सहभागी भएका उम्मेदवारहरूले प्राप्त गरेको अन्तिम कुल अंकको आधार संयोजक छनोट भएको राष्ट्र बैंकले जनाएको छ ।

उनीहरूले योग्यताक्रम निर्धारण गरी मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवारको छनोट गर्ने निर्णय भएको हुँदा राष्ट्र बैंकले जनाएको छ ।

छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २ वैशाख २०८१ भित्र राष्ट्र बैंकमा सम्पर्क राख्न आह्वान गरेको छ ।

उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?