+
+

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया तत्काललाई रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १७:२१

२८ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट लिस्ट तयार भएर कार्यायोजना प्रस्तुत गर्ने बेला प्रक्रिया रोकिएको छ । बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्नेगरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएकोमा हाललाई स्थगित गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम छ । अर्थमन्त्री फर्किएपछि  मात्रै प्रक्रिया अघि बढ्नेगरी हाललाई कार्यायोजना प्रस्तुत गर्ने कार्य स्थगित भएको स्रोतको भनाइ छ ।

बोर्डको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ । तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?