+
+

नाउपा नेताको दाबी– सुदूरपश्चिममा मुख्यमन्त्री पाउने समझदारी छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १४:४७

२९ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने समझदारी बनेको दाबी गरेको छ ।

संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा समेत एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।

नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताए । उनले भने, ‘मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएर सुदूरपश्चिममा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लिखित समझदारी नै भएको छ ।’

नाउपाले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने समेत पण्डितले बताएका छन् । ‘हाम्रो पार्टीले माननीय कैलाश चौधरी ज्यूलाई मुख्यमन्त्रीमा पठाउँछ,’ पण्डितले भने ।

कैलाश नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन् । श्रेष्ठले हालै प्रदेश संसदीय दलको नेताबाट आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन् । उनको ठाउँमा कैलाशलाई नियुक्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाए पनि सभामुख भीमबहादुर भण्डारीले निर्णय लिएका छैनन् ।

राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नयाँ गठबन्धनसँगै जाने भन्ने विषयमा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएको थियो ।

कमलबहादुर शाह नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने अडानमा रेशम चौधरी थिए । यही कारण नाउपाका ५ जनालाई शाहले मन्त्री बनाएका थिए । तर पार्टीको निर्देशन नमानेको भन्दै अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गर्दै पदमुक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?