+
+

रेशम पक्षलाई रञ्जिताको काउन्टर : त्यो बैठक आधिकारिक होइन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:००

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद थप चर्किएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेकी छन् ।

टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् ।  उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।

तर मंगलबार रञ्जिता (जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ) ले मंगलबार त्यो बैठक आधिकारिक नभएको बताएकी छन् ।

केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन् ।

हेर्नुहोस् रेशम चौधरी पक्ष र रञ्जिता पक्षले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?