+
+

बेंगलोरमाथि मुम्बईको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ६:११

एजेन्सी । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे । रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए । बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १/१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे । विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १/१ विकेट लिए ।

मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । बेंगलोर ६ खेलमा १ मा जितसहित नवौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ४ मा जितसहित ८ अंक जोड्दै शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?