+
+

काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखियो, अनुसन्धान गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ८:४६

३० चैत, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिसाखानी भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ ।

गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिए ।

यो घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पनि उनले बताए । ‘केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बोधिचित्तको रूख काट्ने र तर्साउनका लागि विस्फोटक पदार्थ राख्ने मान्छेको पनि पहिचान भइसकेको छ, पक्राउ गर्न भने बाँकी छ’, उनले भने ।

बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

यो पनि पढ्नुस् 

बुद्धचित्तको रुख काटिएको प्रकरण : ‘गेम इज ओभर’ भन्दै आएको थियो धम्की

वार्षिक ३ करोड लिने गरी बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रूख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?