+
+

नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १३:०५

३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

शुक्रबार बिहान घनश्यामको अध्यक्षतामा बसेको रेशम चौधरी पक्षका चार जना सांसदहरुको बैठकले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो ।

रञ्जिता पक्षबाट कैलाश चौधरी मुख्यमन्त्रीको आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?