+
+

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १३:५५

३० चैत, काठमाडौं। ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले सो प्रस्ताव पेश गरेकी हुन् ।

पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेश गर्नुपरेको सांसद पन्तले बताइन् ।

उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए ।

सांसद पन्तले भनिन्, ‘नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन् । अकालमा कयौं नागरिकहरुको ज्यान गइरहेको छ ।

नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गरियोस्, उपचारको सुनिश्चतता गरियोस्, बाँच्न पाउने अधिकारको सुनिश्चितता होस् ।’

पन्तको संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?