+
+

काठमाडौं चलायमान सहर हो, सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

परिवारसहित रातिमा ठमेल घुम्न गृहमन्त्रीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १०:४२

२ वैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए ।

आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए ।

यसअघि एक अन्तर्क्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ठमेल आवास क्षेत्र पनि रहेको भन्दै चौबिसै घण्टा व्यवसाय खोल्दा होहल्ला नियन्त्रण हुनुपर्ने स्थानीयको माग र चासो सम्बोधन हुनुपर्ने बताएकी थिइन् ।

सो चासोतर्फ इङ्गित गर्दै गृहमन्त्री लामिछानेले स्थानीयको माग सम्बोधन हुने गरी सरकार अघि बढेको बताएका हुन् । ‘यहाँ आमाको निन्द्रा पनि छ । छोराछोरीको सपना पनि छ,’ गृहमन्त्री लामिछानेले भने ।

पोखरा लगायतका सहर २४ सै घण्टा खुला भइसकेको उल्लेख गर्दै गृहमन्त्री लामिछाने काठमाडौंमा पनि यसको सुरुवात भएको बताए । काठमाडौंबाट सिकेर देशका अन्य सहरहरु पनि खुला हुने उनले बताए ।

उनले भनेका छन्, ‘नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा बाचा गर्न चाहन्छु- यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?