+
+

खानेपानी कार्यालय मुगुका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १८:१३

२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रिमालका साथै सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

सिंचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूलाई सोही रकम बराबर बिगो कायम गरी असुलउपर गर्न मागदाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?