+
+

साहित्यकार प्रकट पगेनी गम्भीर बिरामी, उपचारमा आर्थिक अभाव

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १४:१६

४ वैशाख, पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ सिकिस्त बिरामी परेपछि मनिपाल शिक्षण अस्पतालमा भर्ना भएका छन् । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको छ । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

साहित्यकार प्रकटको बचाउका लागि उनका शुभेच्छुक र विभिन्न साहित्यिक संस्थाले सहकार्यसमेत गरिरहेका छन् । साहित्यकार प्रकटको जीवन बचाउन आर्थिक सहयोग गरिदिन अपीलसमेत गरिएको छ ।

‘उहाँलाई ज्वरो आइरहेको थियो । हिजो बिहान अलि बढी नै समस्या देखिएपछि अस्पताल लगिएको थियो’, प्रकटका भतिज प्रज्वल पगेनीले भने, ‘उहाँमा धेरै इन्फेक्सन पनि देखियो । निमोनिया र जन्डिसले ग्रस्त पारेको रहेछ र उपचारमा पनि आर्थिक समस्या परेपछि सहयोगका लागि आग्रह गरिएको हो ।’

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?