+
+

२७२ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १५:५३

४ वैशाख, काठमाडौं । २७२ किलो गाँजासहित सशस्त्र प्रहरी बलले एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डअन्तर्गत बाइपास इलाकाबाट गाँजासहितको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई जाँच गर्दा गाँजा फेला परेको हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?