+
+

६ किलो चरेशसहित १ महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:५७

१९ चैत, काठमाडौं । ६ किलो चरेशसहित एक महिलालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित नेपाल भारत सीमा क्षेत्रबाट ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

दाङको लमही नगरपालिका–१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बर्दियाको फुटाहास्थित बोर्डर आउट पोस्ट (बीओपी) ले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

१२ वटा ठूलो प्याकेटभित्र स–साना २२ वटा प्याकेट बनाई शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंका लागि जाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ परेकी राईलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?