+
+

 ज्योति विकास बैंकको नाफा २४ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ९:५२

५ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । तेस्रो त्रैमासमा ज्योति विकास बैंकको नाफा घटेको छ । यस विकास बैंकले साउनदेखि चैत मसान्तसम्म १५ करोड २४ लाख ३३ हजार खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड १६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५३ करोडले बढेको छ । तर इम्पेरिमेन्ट चार्ज बढ्दा नाफामा असर पारेको देखिन्छ । बैंकको इम्पेरिमेन्ट चार्ज ८३ करोड २ लाख रुपैयाँ छ, गत वर्षको यसै अवधिमा यो प्रोभिजन ७१ करोड ४५ लाख रुपैयाँ थियो ।

बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा ४ रुपैयाँ ६२ पैसा छ । बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा कुल कर्जामा ४.९७ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.८९ प्रतिशत थियो । गत वर्ष यसै अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ १२ पैसा थियो । बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?