+
+

हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’ को अर्थपूर्ण ‘क्यारेक्टर पोस्टर’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १०:५२

काठमाडौं । अभिनेता हरिहर अधिकारीको जन्मदिनमा फिल्म ‘ह्रस्व दीर्घ’ ले बुधबार क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्मात्री तथा अभिनेतृ नीता ढुंगानाले हरिहरलाई ‘ह्याप्पी बर्थडे हिरो’ भन्दै पोस्टर सेयर गरेकी छन् ।

राम नवमीको दिन बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा अधिकारीले फिल्ममा निर्वाह गरेको चरित्रको मुड र भावभंगिमा दर्शाउने प्रयत्न गरिएको छ । पोस्टरमा क्यारेक्टरका दुई भिन्न स्वरुप देख्न सकिन्छ ।

एउटा दृश्यमा लामो कपालमा लेदरको ज्याकेट तथा चाँदीको सिक्रीमा देखिएको छ भने अर्को दृश्यमा छोटो कपालसहित उक्त चरित्रको धर्मभिरु प्रदान गरिएको छ । हिंसामा विश्वास गर्ने पात्र कसरी एकाएक धार्मिक र अध्यात्मिक मनोविज्ञानमा बदलिन्छ भन्ने मुड दर्शाउन यो पोस्टर अर्थपूर्ण छ ।

आगामी दशैं छेकोमा असोज ११ गतेदेखि यो फिल्म नेपाल रिलिजको तयारीमा छ । गत महिना अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो ।

अभिनेतृ ढुङ्गानाद्वारा निर्माण गरिएको यो फिल्ममा उनी आफैँ प्रमुख भूमिकामा छिन् । चन्द्र पन्त निर्देशित यो फिल्ममा नेपाली तथा भारतीय कलाकारको संयुक्त अभिनय छ ।

यो फिल्म नेपालमा हलमा र भारतमा प्रान्तीय भाषाका ओटीटी प्लाटफर्ममा रिलिज हुने जनाइएको छ । अन्य कलाकारमा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम तथा विजय रावतको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?