+
+

‘द रेड सुट्केस’ हेरेपछि श्रममन्त्री अर्याल : ‘फिल्मले क्रान्तिको सुरुवात गरेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ११:३५

काठमाडौं । फिल्म ‘द रेड सुट्केस’ हेर्न नेताहरु धमाधम हल पुगिरहेका छन् । केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिल्म हेरेपछि यसको कथ्य शैलीको प्रशंसा गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले मंगलबार फिल्म हेरे । फिल्म हेरेपछि उनले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि यसले क्रान्तिको सुरुवात गरेको प्रतिक्रिया दिए । रास्वपा सांसद असिम शाह, महामन्त्री मुकुल ढकालसहित उनी सीडीसी हलमा पुगेका थिए ।

‘फिल्ममा मैले मूलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिं यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ मन्त्री अर्यालले भने, ‘संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको नेतृत्वमा छु । फिल्मले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’

उनले क्रान्तिको सुरुवात गर्ने र सम्पूर्ण नीति निर्माणको तहमा बस्ने व्यक्तिले हेर्नुपर्ने फिल्म बनेको बताए । रास्वपा महामन्त्री ढकालले पनि फिल्मले अनौठो शैलीमा देशको समस्यालाई अभिव्यक्त गरेको प्रतिक्रिया दिएका थिए ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्मले सकारात्मक समीक्षा पाइरहेको छ । फिल्मले दर्शकबाट पाएको समीक्षालाई लिएर आफूहरु सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?